बिर्तामोडको रोडमा जताततै जोखिम

 

२८ माघ, बिर्तामोड । चारलेन सडक निर्माण भइरहेको बिर्तामोडस्थित भद्रपुर रोडमा खनिएको खाल्डोले दुर्घटनाको जोखिम बढाएको छ ।

सडक निर्माणका लागि खनिएका खाल्डाहरुले सर्वसाधरण नागरिकलाई हिडडुलमा जोखिम थपेको छ । आशिष प्रेरा जेभीले निर्माणको ठेक्का पाएको सडकमा खनिएका खाल्डाखुल्डीले जोखिम बढाएको सर्वसाधरणले बताएका छन् । निर्माणका लागि खनिएका खाल्डोहरुमा कुनै संकेत राखिएका छैनन् । संरचना निर्माण क्षेत्रमा सूचना बोर्ड राख्नु पर्ने प्रावधान भएपनि राखिएको पाइदैन । शुक्रवार राती एउटा मोटर साइकल क्वालिटी कम्प्यूटर अगाडि निर्माण भइरहेको क्रस ड्रेनमा मै पस्यो । दुई जना सवारमध्ये एक जना मोटरसाइकल सहित खाल्डो मै झरे । उनको मुखमा चोट लागेको छ । तत्कालै उपचारका लागि विएण्डसी अस्पताल लगिएको थियो ।

सडक निर्माणको लागि अहिले विच बाटोमा संरचना निर्माण गर्न खाल्डो खनिएका छन् । ढलका लागि पुरानै ठाउँमा नाला खनिएको छ । तर, त्यसबाट सुरक्षित हुने कुनै सावधानी नअनाएको अधिकांशको भनाई छ । ट्राफिक प्रहरीका अनुसार सडक निर्माण भइरहेकाले जोखिम छ, सबै नागरिकले सचेत भएर यात्रा गर्नुपर्छ । खाल्डाखुल्डी बनाएरै नयाँ निर्माण हुने बिर्तामोड नगरपालिकाका प्रवक्ता अग्नि पाण्डेले बताए । उनले निर्माण क्षेत्रको संरचना हेरेर सचेत भएर हिडडुल गर्नुपर्ने बताएका छन् । संरचना निर्माण भएको ठाउँमा जोखिम छ, ठेक्का लिने कम्पनीलाई तत्काल सावधानी अपनाउन स्थानीय सरकार कै तर्फबाट निर्देशन गरिने प्रवक्ता पाण्डेको भनाई छ ।

 

Leave a comment

Your email address will not be published. Required fields are marked *