७ विकेटले ओमनद्वरा नेपाल पराजीत, एसिया कप छनोटको यात्रा कठिन

भदौ १३ । एसीसी एसिया कप छनोट प्रतियोगिताको पहिलो खेलमा टस हारेर ब्याटीङ रोजेको नेपाललाई ओमनले ७ विकेटले हराएको छ ।
नेपालले ओमनलाई दिएको २२२ रनको लक्ष्यलाई ओमनले ४८ ओबरमा ३ विकेटको क्षतीमा नै लक्ष्यलाई हासील गरेको हो। खेलमा नेपालको सधै झैँ यो पटक पानी  सुरुवाती ब्याटींग नै कमजोरी भयो सुवास खकुरेल र ज्ञानेन्द्र मल्लले पहिलो विकेटका लागि ८ ओभरमा ३१ रन जोडेका थिए । त्यसपछि आएका कप्तान पारस खड्काले पनि उल्लेख्य रन बनाउन सकेनन् । उनी २४ बलमा ८ रन बनाएर आउट भए ।

तेस्पछी  सागर पुन र अरिफ सेखले राम्रो साझेदारी गरेर नेपाली इनिंग उकासेका थिए । नेपालको लागी सर्बाधिक रन सागर पुनले एक्लैले ८३, ज्ञानेन्द्र मल्लले ४५, अरिफ सेखले ३६ रन दिदै नेपालले ओमनलाई २२२ रनको लक्ष्य दिएको थियो । अन्तिममा ब्याटिंग गरेका करण केसीले १० बलमा २ छक्का र १ चौकाको मद्दतले २६ रन बनाउँदा नेपालले सम्मानजनक स्कोर बनाएको थियो ।

जवाफी ब्याटिंगमा उत्रेको ओमानले भने सुरुदेखिनै सुझबुझ पूर्ण ब्याटिंग गर्यो । ओमनको लागी खावर अलीले ८५, जेसन मगसुदले ४५, वैभवले ४१ रन ओमनको लागी दिदै ओमनलाई जित दिलाएका हुन ।
खेलमा नेपालको लागी पहिलो विकेट कप्तान पारस खड्काले खेलको ८ ओवरमा अकिब ईल्यासलाई एलबीडब्ल्यु मार्फत आउट बनाउदै लीएका थिए

तेस पछि रोहीत पौडेल र सन्दीप लामीछानेले क्रमस विकेट लिएका थिए ।
अहिलेसम्म यी दुई टिम ५ पटक खेलेका छन । जसमा नेपालले ३ खेल जिते पनि पछिल्लो ५ वर्षयता ओमानविरुद्ध जित निकाल्न सकेको छैन ।  यो खेल संगै नेपालको ओमनसंग लगातार  तेस्रो  पटकको यो  हार हो  ।

पहिलो खेलमा हार बेहोरेको नेपाललाई एसिया कपसम्मको यात्रा कठिन हुने देखिएको छ । बुधबारै भएका अरु दुई खेलमा यूएई र मलेसिया विजयी भएका छन् । प्रतियोगितामा एक देशले सबै देशसँग खेल्नुपर्ने हुन्छ । फाइनल जित्ने देशले भारत र पाकिस्तानसँगै एसिया कपका लागि छनोट हुनेछ ।
दोस्रो खेल नेपालले आगामी १६ गते मलेसियासँग खेल्नेछ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *