एसइईको प्रश्नपत्र प्रदेश अनुसार फरक–फरक हुने

१ फागुन । यस बर्षदेखि माध्यमिक शिक्षा परीक्षा एसइईको प्रश्नपत्र प्रदेश अनुसार फरक फरक हुने भएको छ । प्रश्नपत्र प्रदेशगत रूपमा तयार हुदैछन् । ६ वटा अनिवार्य विषयमा प्रदेशस्तरीय प्रश्नपत्र हुने भए पनि ऐच्छिक विषयमा भने विद्यार्थी कम हुने भएकाले एउटै प्रश्नपत्र बनाइनेछ । १० चैतबाट सञ्चालन हुने परीक्षाका लागि ३ फागुनदेखि प्रश्नपत्र छपाइ सुरु गर्ने तयारी छ ।शिक्षामन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा मंगलबार बसेको सुरक्षा बैठकले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको सुरक्षा घेरामा प्रश्नपत्र छाप्ने निर्णय गरेको हो ।

शिक्षा मन्त्रालयका सचिव तथा राष्ट्रिय परीक्षा बोर्डका उपाध्यक्ष खगराज बरालका अनुसार पहिलो घेरामा नेपाली सेना, दोस्रोमा सशस्त्र प्रहरी र बाहिरी घेरामा नेपाल प्रहरी राखेर प्रश्नपत्र छपाइ गरिनेछ । सेना २७, सशस्त्र प्रहरी ३० र नेपाल प्रहरीका १५ सुरक्षाकर्मी प्रश्नपत्रको सुरक्षामा खटिने भएका छन् । एसइई परीक्षा सञ्चालनका लागि देशभरमा एक हजार नौ सय ६१ परीक्षा केन्द्र कायम गरिएको छ ।

 

अघिल्लो वर्ष एक हजार नौ सय ५४ केन्द्र थिए । सबैभन्दा कम मनाङ र मुस्ताङमा एक–एक केन्द्र कायम गरिएको छ । यस वर्ष नियमिततर्फ पाँच लाख ११ हजारले रजिस्ट्रेसन फारम भरेकामा अहिलेसम्म तीन लाख ८४ हजारले परीक्षाको आवेदन भरेका छन् । आवेदन भर्ने समय १० फागुनसम्म छ । एसइई परीक्षा आगामी १० चैतदेखि सुरु हुँदैछ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *