आज प्रधानमन्त्रीद्वारा ‘जनताको जलविद्युत आयोजना’ कार्यक्रमको घोषणा हुँदै

२ फगुन, काठमाडौं । सरकारले ‘जनताको जलविद्युत आयोजना’ कार्यक्रम घोषणा गर्ने भएको छ । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले आज बिहीबार काठमाडौंका एक कार्यक्रमका बीच सो कार्यक्रम घोषणा गर्न लागिएको जानकारी दिनु भएको हो ।बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार राष्ट्रियसभा गृहमा घोषणा गर्नु हुने सो कार्यक्रममा जनताको छरिएर रहेको पूँजी परिचालन गर्ने योजना रहेको पनि स्पष्ट पार्नु भयो ।

स्वदेशी लगानीमै नेपाल भित्र ३ हजार मेघावाटभन्दा बढि जलविद्युत आयोजना संचालन गर्ने सरकारको नीति तथा कार्यक्रम अनुसार सरकारले सो कार्यक्रमको औपचारिक घोषणा गर्न लागिएको हो । कार्यक्रमका लागि आवश्यक कानुनी र संरचना तयार भएकाले कार्यान्वयनका लागि सो कार्यक्रम संचालनमा ल्याउन लागिएको पनि मन्त्री पुनले स्पष्ट पार्नु भयो ।

‘नेपालको पानी, जनताको लगानीः हरेक नेपाली जलविद्युतको सेयरधनी’ भन्ने मूल नारा तय गरिएको सो कार्यक्रम अन्तरगत सरकारले ३ हजार ७ सय ७९ मेघावाट क्षमताको १९ वटा जलविद्युत आयोजना छनौट गरिसकेको छ । सो आयोजनामा सर्वसाधारणको ३९ प्रतिशत सेयर तथा प्रभावित क्षेत्रका जनताको १० प्रतिशत सेयर रहने गरी कानुनी व्यवस्था पनि गरिएको उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले जनाएको छ ।

कार्यक्रम अन्तरगत ३ हजार ७ सय ८९ मेघावाट क्षमताको १९ वटा ललविद्युत आयोजना निर्माणका लागि करिव ६ खरव बजेट लाग्ने अनुमान गरिएको छ । मन्त्री पुनले जनताको छरिएर पूँजीले धान्ने गरी सो आयोजना छनौट गरिएको पनि बताउनु भयो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *