गण्डक नहरमा मोटरसाइकल सहित एक जना बेपत्ता

२ फागुन, नवलपरासी । नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका वडा नम्बर २ गुदरीया स्थित गण्डक नहरमा खसेर बिहान करिब ५ बजे एक जना मोटरसाइकल सहित बेपत्ता भएका छन् । सुस्ता ३ महेन्द्रनगर बाट पेट्रोल लिन महलबारी गएका बर्ष १७ का हदिस मियाले कुडिया मिल तिर आउने गण्डक नहरको चोक गुदरीयामा भारतीय प्लेट नम्बर युपी ५६ जेड ११२७ मोटरसाइकलका चालक मिया बेपत्ता भएका हुन ।

कुडिया प्रहरी चौकीका इन्चार्ज शंकर श्रेष्ठका अनुसार विहान कुहिरो भएर मोटरसाइकल अनियन्त्रित भई गण्डक नहरमा खसेको हुन सक्ने बताएका छन् । घटनास्थल देखि करिब सय मिटर टाढा प्रहरी चौकी रहेको छ । अहिले बेपत्ता भएका लाई नहरको पानी घटाएर खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *