कञ्चनपुरमा हिजो १८ किलो सुन बरामद आज थप ५ किलो सुन बरामद

३ फाल्गुन, कञ्चनपुर । प्रहरीले कञ्चनपुरको दुई स्थान गरेर २३ किलो पाँच सय ग्राम सुन बरामद गरेको छ।

कञ्चनपुरबाट थप ५ किलो सुन बरामद गरिएको हो। कञ्चनपुरको शुक्लाफाँट– ११ बाट थप ५ किलो पाँच सय ग्राम सुन बरामद गरिएको डिएसपी कृष्णराज ओझाले जानकारी दिए।

यसअघि हिजो बिहीबार कञ्चनपुर पुनरवास नगरपालिका–२ स्थित स्थानीय शङ्कर विकको घरमा लुकाएर राखेको १८ किलो सुन प्रहरी र सिआइबीको टोलीले केही बरामद गरेको थियो।

गाडेर राखिएको अवस्थामा उक्त परिमाणमा सुन बरामद भएको हो।

Leave a comment

Your email address will not be published. Required fields are marked *