नेपालमा पनि १० वटा कलात्मक सिग्नेचर ब्रिजहरु बन्ने


१३ भाद्र, काठमाडौं । विश्व बैंकको सहयोगमा देशका विभिन्न नदीहरुमा १० वटा कलात्मक सिग्नेचर ब्रिजहरु बन्न लागेका छन्। गत साता विश्व बैंकले सिग्नेचर ब्रिजको डिजाइनकालागि ३० लाख डलर दिने सहमती दिएको सडक विभाग पुल महाशाखाले जनाएको छ।

पुल महाशाखा अनुसार पहिलो चरणमा चारवटा ब्रिजको डिजाइन र वातावरणीय प्रभाव मुल्यांकन रिपोर्ट तयार गरिने छ। पहिलो चरणमा स्याङजाको तिनाउ, रौतहटको बागमती, चितवनको नारायणी नदी र काठमाडौंको टेकु वा शंखमुलमा बन्ने ब्रिजको डिजाइन  गर्न लागिएको हो।

काठमाडौंको टेकु वा शंखमुल कहा निर्माण गर्ने भन्ने टुङ्गो लाग्न बाँकी रहेको विभागले जनाएको छ।अन्य ६ वटा पुलका लागि उपयुक्त ठाउँहरुको पहिचान गर्न लागिएको पनि सडक विभागले जनाएको छ। विभागका अनुसार दमौलीको मादी,पोखराको सेती लगायतका स्थानहरु पहिचान गर्ने काम भैरहेको छ।

नेपालमै पहिलो पटक यस्तो पुल निर्माण गर्न विभागले विश्व प्रसिद्ध चिनियाँ इन्जिनियर चेनलार्इ नेपाल ल्याउन लागेको छ। मासिक रुपमा १८ लाख रुपैयाँ तलब लिने इन्जिनियर चेनले पुलको डिजाइन सिकाउने छन्। उनी आएपछि पुलको डिजाइनको काम अघि बढ्नेछ।

चारवटा पुलको डिजाइन र वातावरणीय प्रभाव मुल्यांकन (इआइए)प्रतिवेदन यसै बर्ष तयार पारिने छ भने अन्य ६ वटा पुलहरुको निर्माण आगामी आर्थिक बर्षमा सुरु गरेर सक्ने लक्ष्य लिर्इएको छ।

के हो सिग्नेचर व्रिज ?

बंगलादेशको सरकार मानिसको नदीमा फोहोर गर्ने आनीबानीबाट दिक्क थियो।  मानिसहरुले पुलमुनि सँधै फोहोर फालेपछि ती स्थानहरु अत्यन्त फोहोर देखिन थाल्यो। विस्तारै पुल आसपासका ठाउँहरु नालीजस्तै फोहोर बन्न थाले, त्यहाँ सरकारले ती स्थानहरुमा आकर्षक सिग्नेचर ब्रिज बनायो। उक्त पुलहरु अत्यन्त आकर्षक भएकाले मानिसहरुले त्यहा फोहोर फ्याँक्नै छाडे। त्यहाँ एक खालको नै क्रान्ति आयो।

उनीहरुलार्इ ती सिग्नेचर ब्रिजले पुल वरिपरि फोहोर फ्याँक्न हुँदैन भन्ने कुरा महसुस गरायो। अहिले ती पुलहरु शहरको सौन्दर्य बढाउने स्थान भएका छन् जहाँ बिहान बेलुका मानिसहरु घुम्न जान्छन्।’

सिग्नेचर व्रिज सामान्य मोटरेबल पुलहरु जस्तै भएपनि यो आकर्षक हुनेछन् भने नयाँ प्रविधिको प्रयोग गरेर निर्माण गरिनेछ।झट्ट हेर्दा नेटवर्क आर्क ब्रिज जस्तै देखिने भएपनि यो आर्क ब्रिजभन्दा आकर्षक हुनेछ।

पुलहरु चार लेनको हुनेछ। प्रत्येक लेनको बीचमा डिभार्इडर रहनेछ।भने सामान्य पुलको तुलनामा पैदल यात्रुहरुका लागि दोब्बर फराकिलो फुटपाथ हुनेछ। पुलहरुमा रातको समयमा लाइट जोड्न सकिन्छ जसले शहरी सौन्दर्य बढाउँछ।

नेपालमै पहिलो पटक यस्तो पुल निर्माण गर्न विभागले विश्व प्रसिद्ध चिनियाँ इन्जिनियर चेनलार्इ नेपाल ल्याउन लागेको छ।

एक साताभित्र उनी नेपाल आउँदैछन्। मासिक रुपमा १८ लाख रुपैयाँ तलब लिने इन्जिनियर चेनले पुलको डिजाइन सिकाउने छन्। उनी आएपछि पुलको डिजाइनको काम अघि बढ्नेछ।

इन्जिनियर शाक्यका अनुसार डिजाइन र वातावरणीय प्रभाव मुल्याङकन(इआइए) रिपोर्ट तयार पारिएपछि विश्व बैंकसँग पुल निर्माण गर्नकालागि सम्झौता हुनेछ। विश्व वैंकले सिग्नेचर व्रिज निर्माण गर्नका लागि १० अर्व रुपैयाँ सहुलिय ऋण दिन लागेको हो।

यस्ता ब्रिजहरुले नेपाल समृद्धिको यात्रामा अघि बढिरहेको झल्को दिने महाशाखाको दाबी  छ। युरोपका धेरै देशहरुमा यस्तो पुलहरु लोकप्रिय भएपनि नेपालमा भने पहिलोपटक निर्माण गर्न लागिएको हो।

Leave a comment

Your email address will not be published. Required fields are marked *