संसदको बैठक बस्दै , चार मन्त्रीले सांसदका जवाफ दिने

६ फागुन, काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा विभिन्न चार मन्त्रीले आफ्नो मन्त्रालयका बारेमा उठेका प्रश्नबारे संसदमा जवाफ दिँदै हुनुहुन्छ ।

दिउँसो १ बजे बस्ने बैठकमा रक्षा मन्त्री, शिक्षा मन्त्री, उर्जा मन्त्री र भौतिक पूर्वाधार मन्त्रीले सांसदले सोधेका प्रश्नको जवाफ दिने तयारी छ । मन्त्रीलाई सोध्नका लागि सांसदले सचिवालयमा प्रश्न दर्ता गराएका छन् ।

सभामुखले सम्बन्धित मन्त्रीलाई आफ्नो प्रश्न राख्नका लागि सांसदलाई पालैपालो समय दिने छन् । एकजना सांसदले एक मन्त्रीका लागि एउटा र थप पाँचजनाले पुरक प्रश्न गर्न पाउने व्यवस्था छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *