बारा जीप दुर्घटनाका घाइते प्रमुख जिल्ला अधिकारीको मृत्यु

६ फागुन, बारा । बारामा जीप दुर्घटनामा परेर गम्भीर घाइते प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराईको मृत्यु भएको छ । त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।

यसअघि १२ माघमा भट्टराईको ना १ झ १६३३ नम्बरको स्कार्पियो जीप सडकमा रोकी राखेको ट्याक्टरको टेलरसँग ठोक्किँदा सशस्त्र प्रहरी बलका एसपी बलराम पोख्रेलको घटनास्थलमै मृत्यु भएको थियो भने भट्टराईसहित अन्य ३ जना घाइते भएका थिए ।

कर्मचारी मिलन केन्द्र बाराले निजगढस्थित शहीद हिरालाल पार्कमा आयोजना गरेको वनभोज कार्यक्रमबाट फर्किएको जिप पथलैया–निजगढ सडकखण्डको पसाहा पुल नजिक दुर्घटना भएको थियो । घटनालगत्तै स्थानीय अस्पतालमा सामान्य उपचारपछि उनलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको थियो ।

गत शनिबारबाट उनको परिवारले पत्रकार सम्मेलन गरेर घटना शंकास्पद भएको दाबी गरेको थियो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *