भोजमा क्यासेट बजाउन बिजुली जोड्ने क्रममा करेन्ट लागेर २ जनाको ज्यान गयाे

११ फागुन,धनुषा । महोत्तरीको लोहारपट्टी नगरपालिकामा करेन्ट लागेर दुई जनाको ज्यान गएकाे छ ।

मृत्यु हुनेमा लोहारपट्टी नगरपालिका ३ बस्ने ३० वर्षीय भरत यादव र  २५ वर्षीय रामईश्वर यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

लोहारपट्टी नगरपालिका २ सुखैनिया बस्ने सकल मुखियाको घरमा शुक्रबार राति बच्चा जन्मेको खुशीमा भोज आयोजना गरिएको थियो ।

प्रहरीका अनुसार भोजमा क्यासेट बजाउन बिजुलीकाे पाेलमा तार जोड्ने क्रममा ११ हजार भोल्टको तारमा छोएपछि करेन्ट लागेर सिकिस्त भएका दुवैजनाको उपचारको क्रममा जनकपुर अञ्चल अस्पतालमा मृत्यु भएको हो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *