शिक्षककाे जागिर लगाइदिन्छु भन्दै एक लाख घुस माग्ने अख्तियारकाे फन्दामा

११ फागुन, कपिलवस्तु । कपिलवस्तुको यशोधरा गाउँपालिका ३ श्रीकृष्ण धार्मिक माध्यमिक विद्यालय बसन्तपुरका विद्यालय व्यवस्थापन समिति सदस्य विजयनाथ चौबेलाई प्रहरीले पक्राउ गरेको छ ।

विद्यालयले खोलेको शिक्षक दरवन्दीमा जागिर लगाइदिने भन्दै एक लाख रुपैयाँ लिएको आरोपमा तौलिहवाको एक होटलबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले चौवेलाई रकमसहित पक्राउ गरेको जनाएको छ । आयोगले थप अनुसन्धान थालेको बताएकाे छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *