राष्ट्रपति भवनमाथि हेलिकप्टर उडान प्रतिबन्ध

१३ फागुन, काठमाडौ । काठमाडौँ उपत्यकाको सुरक्षा संवेदनशीलताको कारण देखाउदै राष्ट्रपति भवनमाथिको आकाशबाट हेलिकप्टर उडाउन प्रतिबन्ध लगाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले काठमाडौँबाट बाहिरिने र भित्रिने हेलिकोप्टर उडानका लागि कार्यन्वयनमा ल्याएको नयाँ ‘हेली लेन’ मा राष्ट्रपति भवन र भक्तपुर गठ्ठाघरस्थित नेपाली सेनाको हातहतियार भण्डारण स्थलमाथिबाट हेलिकोप्टर उडान निषेध गरिएको छ ।

नयाँ ‘हेली लेन’ अनुसार राष्ट्रपति कार्यालय, शीतल निवास भन्दा एकहजार फिट माथि विमान उडाउन पाइने भएपनि हेलिकोप्टर उडानमा प्रतिबन्ध लगाएको प्राधिकरणका सूचना अधिकारी त्रिलोचन पौडेलले जानकारी दिनुभयो । त्यस्तै गठ्ठाघरस्थित नेपाली सेनाको हातहतियार भण्डारण स्थलभन्दा एक हजार पाँचसय फिटमाथि विमान उडानका लागि अनुमति दिएपनि हेलिकोप्टर कुनै पनि उचाईमा उडान गर्न नपाइने गरी प्रतिबन्ध लगाएको छ । सरकारले राष्ट्रपति भवन र गठ्ठाघरस्थित नेपाली सेनाको हातहतियार भण्डारण स्थललाई सुरक्षा दृष्टिकोणले काठमाडौँ उपत्यकाको प्रमुख संवेदनशील स्थलको रूपमा सूचीकृत गरेको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *