चितवनमा एम्बुलेन्स र भ्यान ठोक्किँदा एम्बुलेन्समा सवार बिरामीको मृत्यु

१५ फागुन, चितवन । एम्बुलेन्स र भ्यान ठोक्किँदा एम्बुलेन्समा सवार बिरामीको ज्यान गएको छ । दुर्घटनामा २ जना घाइते भएका छन् ।

गोरखाबाट भरतपुरका लागि छुटेको  ग २ च ४६ ०० नम्बरको एम्बुलेन्स शहीदचोकमा मोड्ने क्रममा ना १ ज ७७ ७३ नम्बरको भ्यानमा ठोक्किँदा गोर्खा पालुङटारका ५५ वर्षका सन्तमान श्रेष्ठको ज्यान गएको प्रहरीले जनाएको छ ।

घाइते भ्यानका चालक तनहुँका प्रविण श्रेष्ठ र बिरामी कुर्न आएका गोर्खा पालुङटारका उदय श्रेष्ठको भरतपुर अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *