काठमाडौबाट तापलेजुङ पाथीभराको लागी उडेको एयर डाईनेस्टीको हेलिकप्टर दुर्घटना

१५ फागुन, ताप्लेजुङ । बिहान ८ बजे काठमाडौबाट ताप्लेजुङको पाथीभराको लागी उडेको हेलिकप्टर ताप्लेजुङको चुच्चेढुङामा दुर्घटना भई खसेको छ ।
दुर्घटनाको विस्तृत जानकारी आउनबाकी रहेको छ । हेलिकप्टरमा संस्कृती तथा पर्यटन मन्त्री रविन्द्र अधिकारी, यति एयरलाईन्सका अध्यक्ष शेर्पा सहित अन्य छ जना सवार रहेका छन । उदारको लागी नेपाली सेनाको हेलिकप्टर र प्रहरीकोृ उद्धार टोली पनि घटना स्थलमा पुगेको छ । भेडेटारमा रहेको सिम्रीक एयरको हेलिकप्टर पनि उद्धारको लागी घटना स्थलमा पुगेको छ ।
पाथीभराको दर्शन गरेर फर्किने क्रममा चुच्चेढुङामा दुर्घटना ग्रस्त भएको हो ।

हेलिकप्टर मा आगो लागेको र टुक्रा टुक्रा परेको स्थीतीमा देखिएको प्रत्यक्षदर्शीको भनाई छ । ताप्लेजुङमा हिउ परेको छ र उद्धारमा समस्या आएको र गाउबाट केहि टाडा रहेकोले उद्धारमा समस्या आईरहेको छ ।
मौसम खराबको कारण दुर्घटना भएको नेपाल प्रहरीको प्रारम्भीक अनुसन्धान रहेको छ ।
थप विवरण आउन बाकी.

Leave a comment

Your email address will not be published. Required fields are marked *