नदी उत्खनन् गर्न राखिएको स्काभेटर बासघारीमा : चालक बेपत्ता

झापा । चुरे निषेधित क्षेत्रमा गिट्टी, बालुवा, ढुंगा उत्खनन्का लागि प्रयोग गर्न राखिएको स्काभेटर बाँसधारीमा लुकाएको अनुगमन टोलीले फेला पारेको छ । अर्जुनधारा नगरपालिका–१स्थित माते गाउँ नजिकैको बाँसधारीमा नम्बर प्लेट नभएको स्काभेटर लुकाएर राखेको अवस्थामा भेटिएको जिल्ला अनुगमन तथा समन्वय समिति झापाका अध्यक्ष पोर्तेलले जानकारी दिनुभयो । विरीङ नदीको अनुगमनका लागि टोली आएको खबर पाउनासाथ चालकले हतारहतार स्काभेटर बाँसधारीमा लुकाएर वेपत्ता भए । त्यस्तै स्काभेटर लुकाएर राखेको ठाउँ नजिकै एउटा जेसीभी पनि भेटिएको छ । खेतमै राखिएको को १ क १०२७ नम्बरको जेसीभीले नदी उत्खनन् गर्दै आइरहेको स्थानीयले दावी गरे । स्काभेटर र जेसीभी कसले कहिले देखि प्रयोगमा ल्याएको केही खुलेको छैन । स्काभेटर र जेसीभी चालक वेपत्ता भएपछि अनुगमन टोलीले दुवै सवारीसाधन नियन्त्रणमा लिन सशस्त्र प्रहरी बल हेक्वा २ गण नम्बर झापाका एसपी रमेशकुमार थाक्सूलाई आग्रह गरेको छ ।

सवारीसाधन नियन्त्रणका लागि तत्काल सशस्त्र प्रहरी खटाए । त्यस्तै क्रसर उद्योगमा राखिएको स्काभेटरको कागजात समेत भेटिएन । स्काभेटर धरानको व्यवसायीको भएको खुलेको छ । स्काभेटरमा नम्बर समेत नरहेकोले त्यसलाई नियन्त्रणमा लिएको अनुगमन समितिका अध्यक्ष पोर्तेलले बताउनुभयो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *