तेह्रथुमममा आगलागीमा परेर छोरीको ज्यान गयो, आमा घाइते

२१ फागुन, तेह्रथुम । छथर गाउँपालिका–२ मा आगलागी हुँदा एक किशोरीको ज्यान गएको छ भने उनकी आमा घाइते भएकी छिन् ।

स्थानीय राममाया कार्कीको घरमा बिहान ६ बजेतिर आगलागी हुँदा २० वर्षकी सम्झनाको जलेर ज्यान गएको प्रहरी निरीक्षक नारायण गौतमले जानकारी दिनुभयो । घाइते राममायाको धरानमा उपचार भइरहेको छ ।

काठले बनेको २ तले घरमा टुकीबाट आगो सल्किएको हुनसक्ने प्रहरीले जनाएको छ । आगलागीबाट  १० लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *