इलामको माईपोखरीमा भीषण आगलागी

३० फागुन, इलाम । इलामको धार्मिक पर्यटकीय स्थल माईपोखरी क्षेत्रमा भीषण आगलागी सुरु भएको छ ।
सन्दकपुर गाउँपालिका १ र ३ मा पर्ने माइपोखरी बजारमा दिउँसो १ बजेदेखि आगलागी सुरु भएको हो ।

धार्मिक तथा पर्यटकिय स्थल माइपोखरी प्रवेशद्वार अगाडिका तीनवटा घरहरु जलेर नष्ट भईसेका छन् ।
स्थानीय चक्र मुखियाको भान्छा घरबाट सुरु भएको आगलागीबाट यो समाचार तयार पादासम्म कमल मुखिया र नीमदोर्जे शेर्पाको घर जलिसकेको स्थानीय संचारकर्मी दिनेश सुवेदीले जानकारी दिए ।

Leave a comment

Your email address will not be published. Required fields are marked *