काठमाण्डौमा भूकम्पको धक्का

४ चैत, काठमाण्डाै । मकवानपुरको चित्लाङ केन्द्रविन्दु भएर ४ दशमलव १ म्याग्निच्युडको परकम्प गएको छ ।

बिहान ९ बजेर १ मिनेट जाँदा परकम्प गएको  र त्यसको धक्का काठमाडौँमा पनि महसुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यो नयाँ भूकम्प नभई गोर्खा भूकम्पककै परकम्प भएको पनि केन्द्रले जनाएको छ । २०७२ वैशाख १२ र २९ गतेको भूकम्पको ४ वर्ष बित्नै लाग्दा पनि परकम्प जाने क्रम रोकिएको  छैन ।

Leave a comment

Your email address will not be published. Required fields are marked *