झापामा एसइइ दिनेमा छात्रा धेरै;७ हजार ९३८ जना छात्रा र ७ हजार ३३६ छात्र

५ चैत्र, झापा । शिक्षा विकास तथा समन्वय इकाई कार्यालय झापाले चैत १० गतेदेखि हुने माध्यमिक तहको परीक्षा (एसइइ) मा जिल्लाबाट १५ हजार ६ सय ८९ जना परीक्षार्थी सहभागी हुने जानकारी दिएको छ ।

जसमा छात्राको सङ्ख्या धेरै रहेको छ । परीक्षार्थीमध्ये ७ हजार ९३८ जना छात्रा र ७ हजार ३३६ छात्र छन् ।

कार्यालयका उपसचिव रामप्रसाद ढुङ्गानाका अनुसार नियमिततर्फ १५ हजार ३०१ जना र ग्रेड बृद्धितर्फ ३८८ जना परीक्षार्थी छन् । यसपटक कारागारबाट ३ जना कैदीबन्दीले एसइइ परीक्षा दिने भएका छन् । झापाका १५ वटा स्थानीय तहमा ५३ वटा परीक्षा केन्द्र रहेका छन् । जसमध्ये विर्तामोडस्थित महेन्द्र रत्न माध्यमिक विद्यालयमा भने ग्रेड बृद्धिको परीक्षा सञ्चालन गरिने छ ।

प्रश्न पत्र जिल्ला प्रहरी कार्यालय झापामा राखिएको र उत्तरपुस्तिका भने सम्बद्ध केन्द्रमा पुगिसकेको कार्यालयका उपसचिव ढुङ्गानाले बताए । उनले परीक्षा केन्द्रका केन्द्राध्यक्ष तोक्न भने बाँकी रहेको बताए । उनले भने, ‘तयारी लगभग पूरा भइसक्यो, भोलिसम्ममा केन्द्राध्यक्ष टुङ्ग्याउँछौं ।

Leave a comment

Your email address will not be published. Required fields are marked *