बैतडी र दार्चुलामा भूकम्पको धक्का

५ चैत, बैतडी । सोमबार बेलुका एक घण्टाको फरकमा बैतडी र दार्चुलामा लगातार दुई पटक भूकम्पको धक्का महसुस गरिएको छ ।

बेलुका करिब ६ बजेर २८ मिनेटमा ३ दशमलब ८ रेक्टर स्केल र ७ बजेर ४२ मिनेटमा ३ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।

दुवै भूकम्पको केन्द्रबिन्दु भारत र चीनको सीमाना लिपुलेक आसपास रहेको केन्द्रका सूचना अधिकारी नवीन विश्वकर्माले जानकारी दिनभयो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *