काम गर्न छोडेर राजनीति गर्ने कर्मचारीलाई छोडिन्न – मन्त्री यादव

काठमाडौं। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादवले काम गर्न छोडेर राजनीति गर्ने कर्मचारीलाई नछाड्ने चेतावनी दिएका छन्।

प्रतिनिधिसभा अन्र्तगतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आइतबार बसेको बैठकमा उपस्थिति भएका मन्त्री यादवले आयल निगमका कर्मचारीहरु, कर्मचारी कम र नेता बढी भएको भन्दै त्यस्ता कर्मचारीको व्यवहारलाई मन्त्रालयले नसहने बताएका हुन्। कर्मचारी नेता बन्दा काम गर्न अप्ठ्यारो भएको भन्दै उनले त्यस्ता कर्मचारीको क्रियाकलापप्रति चासो राख्न समितिको ध्यानाकर्षण गराए। उनले कर्मचारीको व्यवहार नसच्चिए त्यस्ता कर्मचारीको विकल्प सोच्न मन्त्रालय बाध्य हुने उल्लेख गरे।

उनले निगममा महाप्रबन्धक नियुक्त गर्नका लागि परीक्षा भइसकेको भएपनि राष्ट्रिय आपूर्ति कम्पनी गठन भएकाले तत्काल नियुक्त गर्ने नगर्ने भन्नेमा दुविधा भएको स्पष्ट पारे। उनी यसबारे छलफल भईरहेकाले मन्त्रालय छिट्टै निर्णयमा पुग्ने स्पष्ट पारे।

मन्त्री यादवले नया ग्यास कम्पनी खोल्नमा रोक लगाएका कारण कतिपय स्थानमा ठूलो समस्या देखिएको उल्लेख गर्दै विषय र स्थान विशेषका आधारमा रोकतोक लगाउनुको सट्टा नियमनमा बढी चासो राख्न समितिलाई सुझाव दिए।

आयल निगमका प्रमुख शुशिल कुमार भट्टराईले सामान्य अवरोधले इन्धन आपूर्तिमा असर नपर्ने नरि भण्डारण क्षमता विस्तारको तयारी भइरहेको बताए। इन्धन खपतका दृष्टिले प्रदेश नम्बर ३ मा भण्डारण क्षमता बढी बनाउनुपर्ने देखिएकाले ललितपुर, त्रिसुली र चितवनमा भण्डारणगृह गर्ने गरि तयारी भईरहेको उनले स्पष्ट पारे।

समितिले इन्धन आपुर्ति, इन्धनमा लाग्ने कर, मुल्यवृद्धि तथा संघीय संरचना अनुसार प्रदेशगत इन्धन भण्डारणका लागि भइरहेको कामबारे जानकारी लिन सम्बन्धीत मन्त्री र आयाल निगमका प्रमुखलाई बैठकमा बोलाएको हो । बैठकमा समिति सदस्यहरुले पेट्रोलियम पदार्थ आपूर्ति, खाना पकाउने ग्यास, तथा आवश्यक भण्डारण क्षमताको विस्तारमा निगमबाट भइरहेका प्रयास बारे जिज्ञासा राखेका थिए।

२०७५ भदौ ३ गते ९:५० मा प्रकाशित

Leave a comment

Your email address will not be published. Required fields are marked *