प्रदेश २ को एसईई परीक्षा २१ सम्म स्थगित गर्ने सरकारको निर्णय : अन्य स्थानमा निरन्तर परिक्षा हुने

१५ चैत, काठमाडौं । सरकारले प्रदेश २ को एसईई परीक्षा स्थगित गरेको छ । अन्यत्र भने परीक्षा हुनेछ ।

प्रदेश २ का सामाजिक विकास मन्त्रीको अनुरोधलाई ध्यानमा राखेर प्रदेश २ मा चैत २१ चैतसम्मका सबै परीक्षा रद्द गरिएको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले बताए ।

भइसकेको परीक्षा भने रद्द नहुने मन्त्री पोखरेलले बताए । २२ गते तोकिएको विज्ञान विषयको परीक्षा पनि सञ्चालन हुनेछ ।

उहाँले प्रश्नपत्र बाहिर्‍याउने काममा सहभागी भएकाहरुको अनुसन्धान गरी दोषीउपर कडा कारबाही गर्ने चेतावनी पनि दिनुभयो ।  घटनाको छानबिनका लागि शिक्षा मन्त्रालय आफैले छानबिन समिति गठन गरेको छ भने नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पनि घटनाको अनुसन्धानको कामलाई अघि बढाएको छ ।

प्रदेश दुईमा २६२ परीक्षा केन्द्र मा ७० हजार ५ सय ६२ परीक्षार्थी सहभागी छन् ।

Leave a comment

Your email address will not be published. Required fields are marked *