बारा पर्सामा हावाहुरीले ज्यान गुमाउनेको संख्या ३१ पुग्यो ५०० घाइते

  1. १८ चैत्र, प्रदेश २ । आइतबार साँझ वर्षासँगै आएको हावाहुरीले बारा र पर्सामा ज्यान गुमाउनेको संख्या ३१ पुगेको छ । ५०० भन्दा बढी घाइते छन् ।

हावाहुरीले बारामा मात्रै २७ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ ।ठूलो हताहती भएकाले कतिपय मृतकहरुको पहिचान हुन सकेको छैन ।

घाइतेको संख्या बढेपछि अस्पताल भरिएको र उपचारमा कठिनाइ भएको सरकारी अधिकारीहरुले जनाएका छन् । बिरामीको चापले रगतसमेत अभाव भएको छ । यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले पनि ट्वीट गर्दै अहिलेसम्म २५ जनाको मृत्यु भएको पुष्टि भएको छ भने ४०० बढी घाइते भएको पुष्टि भएको जानकारी दिएका छन् । साथै उद्दारमा जुट्न र उपचारमा कुनै कमी हुन नदिन निर्देशन दिएका छन् ।

बारारपर्सा जिल्लाको केही स्थानमा अहिले सॉझ आएको डरलाग्दो ऑधिरहुरीबाट धनजनको अकल्पनीय क्षति भएको जानकारीमा आएकोछ। यस आकस्मिक क्षतिप्रति गहिरो दुस्ख व्यक्त गर्दछु। उद्दारमा सुरक्षाकर्मीहरू परिचालित भईसकेका छन्।उद्दारमा गंभीर हुन र घाईतेको उपचारमा कुनै कमी आउन नदिन निर्देशित गरिएकोछ।

हावाहुरीले सबैभन्दा ठूलो क्षति बाराको भरवलीयामा भएको छ । राति करीब ८ बजेतिर वर्षासँगै चलेको हावाहुरीका कारण बिद्युतको पोल ढलेको थियो । यसले धेरै मानवीय क्षति गराएको छ ।
उता आधी तुफान तथा हावाहुरीले बारा र पर्सामा भएको ठुलो जनधनको क्षति पुगेपछि प्रदेश नम्बर २ सरकारको मन्त्रिपरिषद बैठक बसेको छ ।

सोमबार विहान ७ बजेदेखि मन्त्री परिषद बैठक बसेको आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले जानकारी दिए ।

आपतकालिन मन्त्रीपरिषदको बैठकले बारा र पर्सामा भएको व्यापक जनधनको क्षतिको विषयमा केन्द्रित रहने छ । बैठकमा मृतकलाई क्षतिपुर्ति, घाइतेको निःशुल्क उपचार र भत्किएका संरचना पुनर्निर्माण एवं राहतको विषयमा निर्णय हुने छ ।

आईतबार साँझ आएको भीषण हावाहुरीले अहिलेसम्म बारामा २७ र पर्सामा १ गरी २८ जनाको ज्यान गएको छ भने सैयौ घाइते भएका छन् ।

घाइतेहरुको उद्धार काम चलिरहेको छ । मृतकको संख्या बढ्न सक्ने प्रहरीले जनाएको छ । प्रदेश नम्बर २ सरकारले आईताबार रातिदेखि नै घाइतेहरुको उद्धार गर्न प्रभावित क्षेत्रमा आफ्नो मातहतको उद्धार टोली पठाइ सकिएको मन्त्री यादवले जानकारी दिए ।

यता बैठक पश्चात् सबै मन्त्रीहरु सो क्षेत्रमा जाने जनाइएको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *