त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक १० घण्टा बन्द हुने

१८ चैत, काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक १० घण्टा बन्द हुने भएको छ । अहिले २२ घण्टा सञ्चालनमा रहेको विमानस्थलको धावनमार्ग मर्मतका लागि आजदेखि तीन महीनासम्म दैनिक १० घण्टा बन्द गर्न लागिएको विमानस्थल कार्यालयले जनाएको छ ।

मर्मत अवधिभर विमानस्थल बिहान ८ बजेदेखि राति १० बजेसम्म खुला हुने तर नियमित उडानमा कुनै कटौती नहुने विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिनुभयो । त्यसका लागि उडान तालिका पहिला नै मिलाई सकेको उहाँले बताउनुभयो । पहिलो चरणमा तीन हजार मिटरको धावनमार्गको कालोपत्रे फेरिने छ ।

धावनमार्ग स्तरोन्नतिको काम तीन अर्ब ७५ करोडको लागतमा चिनियाँ कम्पनी चाइना नेशनल एग्रो टेक्नोलोजी इन्टरनेशनल इञ्जिनीयरिङ कर्पाेरेसन ले गर्न लागेको हो । अन्तराष्ट्रिय विमानस्थलको धावनमार्ग हरेक १० बर्षमा सतरोन्नती गर्नुपर्ने अन्तराष्ट्रिय मापदण्ड भएपनि त्रिभुवन विमानस्थल निर्माण भएदेखि कालोपत्रे फेरिएको थिएन ।

Leave a comment

Your email address will not be published. Required fields are marked *