हावाहुरीबाट ज्यान गुमाएका २५ जनाको सनाखत : नामावली सहीत

१८ चैत, बारा  पर्सा । बारा र पर्सामा आइतबार राति आएको भीषण हावाहुरीका कारण ज्यान गुमाएका २७ जनामध्ये २५ जनाको सनाखत भएको छ । गृहमन्त्रालयले पत्रकार सम्मेलन गरी ज्यान गुमाएकाको सूची सार्वजनिक गरेको हो ।

मन्त्रालयले सार्वजनिक गरेको सूची अनुसार ज्यान गुमाउनेमा ५ बालबालिकाका साथै १२ जना पुरुष र १० जना महिला छन् ।

त्यस्तै बारा र पर्साका ७ वटा सरकारी तथा निजी स्वास्थ्य संस्थामा घाइतेहरुको उपचार भइरहेको पनि मन्त्रालयले जानकारी दिएको छ । वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालमा ११६, नेशनल मेडिकल कलेज वीरगञ्जमा १००, गण्डक अस्पताल वीरगञ्जमा २८, वीरगञ्ज हेल्थकेयरमा ३९, एड्भान्स अस्पताल वीरगञ्जमा २०, कलैया अस्पतालमा ३८ र तराई अस्पताल वीरगञ्जमा २ जना गरी ३४३ जनाको उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

हावाहुरीका कारण वीरगञ्ज महानगरपालिका १२ गण्डक नजिकै बिजुलीको पोल ढल्दा हेटौँडाबाट वीरगञ्ज गइरहेको ना ६ ख ९३६० नम्बरको बसमा पर्न जाँदा १ जनाको ज्यान जानुका साथै ५ जना घाइते भएको पनि मन्त्रालयले जनाएको छ । बारामा भने घर भत्कँदा मृत्यु र घाइते भएको पनि जनाएको छ ।

 

Leave a comment

Your email address will not be published. Required fields are marked *