हावाहुरी प्रभावितका लागि राहत जुट्न थाल्यो

१८ चैत, प्रदेश २ । बारा पर्साका हावाहुरी प्रभावितहरुका लागि राहत जुट्न थालेको छ । प्रदेश २ सरकारले मुख्यमन्त्री राहत कोषमा सहयोग रकम जम्मा गरिदिन आह्वान गरेको थियो ।

राष्ट्रिय बाणिज्य बैंकमा रहेको खाना नम्बर १२२०५०३०००००० मा रकम जम्मा गर्न सकिनेछ । साथै मोबाइल बैंकिङबाट पनि कोषमा रकम जम्मा गर्न सकिनेछ ।

त्यसअनुसार विभिन्न संघ संस्थाले सहयोग गर्न थालेका छन् । राष्ट्रिय जनता पार्टीले ५ लाख सहयोगको घोषणा गरेको छ ।

नेपथ्य समूह र नेपालयले पनि हावाहुरी प्रभावितहरुका लागि ५१ हजार रुपैयाँ सहयोग गरेको छ ।

वीरगञ्ज लगायतका स्थानमा पनि राहत संकलन सुरु भएको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *