बारा र पर्सामा आएको हावाहुरीबारे अध्ययन गर्न मौसमविद्सहितको टोली जाँदै

२० चैत, काठमाडौं । बारा र पर्सामा धनजनको क्षती हुने गरी आएको हावाहुरीबारे अध्ययन गर्न मौसमविद्सहितको टोली प्रभावित क्षेत्रमा जाँदैछ ।

जल तथा मौसम विज्ञान विभागबाट मौसमविद्सहित तीनजनाको टोली बुधबार अध्ययनको लागि प्रभावित क्षेत्रमा जान लागेको हो । टोलीले त्यहाँ अध्ययन सकेर केही दिनमा फर्कने छ ।

आउँदा दिनमा यस्ता हावाहुरीको प्रकोपबाट हुन सक्ने क्षति कम गर्न अध्ययन सहयोगी हुने विभागको विश्वास छ ।

यस्तै, सोमबार दिउँसोपछि देशका धेरै ठाउँमा मेघगर्जन र हावाहुरीसहित पानी पर्ने मौसमविद्ले अनुमान गरेका छन् ।

पूर्वमा बनेको न्यूनचापीय क्षेत्र, बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव र स्थानीय वायुको असर भएकाले देशका धेरै ठाउँमा मेघगर्जन र हावाहुरीसहित पानी पर्ने संभावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार यो प्रणालीको असरले मध्य र पश्चिमको तुलनामा पूर्वको धेरै ठाउँमा पानी पर्नेछ । आजको भन्दा भोलि र भोलिको भन्दा पर्सि मौसम बदली अझ धेरै हुने उहाँको अनुमान छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *