बालिकाको हत्यारालाई कारवाहीकोे माग गर्दै महोत्तरीको गौशाला बजार बन्द

महोत्तरी – आठ महिने बालिकाको हत्याराकोे कारवाहीकोे माग गर्दै शुक्रबार महोत्तरीको गौशाला बजार बन्द गरिएको छ । स्थानीय गौशाला सामुदायिक युवा क्लबले हत्याराको पक्राउ गरि कारवाही गर्न माग गर्दै एकदिनको लागि बजार बन्द गराएको हो ।

औरही नगरपालिका १ की ८ महिने बालिका सोनाली चौधरीको हत्या भए पनि प्रहरीले हत्यारालाई पक्राउ गर्न नसकेको भन्दै शुक्रबार एक दिनको लागि बजार बन्द गरिएको क्लबका अध्यक्ष विटुप्रसाद साहले जानकारी दिनुभयो ।

अध्यक्ष साहका अनुसार शुक्रबार साँझ बालिकाको सम्झनामा गौशाला बजारमा दीप प्रज्वलन गर्ने कार्यक्रम रहेको जनाएको छ । शुक्रबार पनि स्थानीयले औरही बजार बन्द गरेका छन् भने वर्दिवास जलेश्वर सडकखण्डमा सवारीसधान अवरुद्ध भएको छ । विहीबार नेपाल विद्यार्थी संघका पदाधिकारी र स्थानियहरुले जिल्ला प्रशासनमा ज्ञापनपत्र बुझाएका छन् ।

गएको आइतबार पसलमा ग्राहकको रुपमा आएका भंगहा ७ का २५ वर्षीय भरत साहले स्थानीय सिद्धान्त फेन्सी स्टोर्सका संचालक सन्तोष चौधरीकी ८ महिने छोरी सोनाली चौधरीलाई अपहरण गरि हत्या गरेको प्रहरीले पुष्टि गरेको थियो । बालिकाको शव सोमबार दिउँसोको समयमा चौरमा फेला परेको थियो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *