दुर्घटना पश्चात ट्रिपरमा आगजनी (तस्विर सहित)

२९ चैत्र, नुवाकोट । टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएपछि ट्रिपरमा आगजनी गरेको छ ।

नुवाकोटको बट्टारबाट गगंटेतर्फ जाँदै गरेको ना।३३प ३४६६ नंं को मोटरसाइकललाई बिपरीत दिशाबाट आएको बा।५ ख २८९८ नं. को ट्रिपरले शुक्रबार ठक्कर दिँदा मोटरसाइकल चालक विदुर नगरपालिका–२ का २३ वर्षका दिवाकर खनालको घटनास्थलमै मृत्यु भएपछि आक्रोशित स्थानीयवासीले ट्रिपरमा आगजनी गरेर सडक अवरुद्ध समेत गरेका छन् ।

उक्त दुर्घटनामा मोटरसाइकलमा सवार रहेका मुन्ना गुप्ता घाइते भएकाले उपचार भइरहेको छ । तस्वीर: रामहरि न्यौपाने, रासस, बेत्रावती, नुवाकोट

Leave a comment

Your email address will not be published. Required fields are marked *