६ वर्षीया बालिकामाथि यौनदुराचारको अभियोगमा बिर्तामोडका प्रकाश तोलाङ्गी पक्राउ

३ वैशाख, बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका–५ निवासी ४० वर्षीय प्रकाश तोलाङ्गी यौन दुराचारको अभियोगमा पक्राउ परेका छन् ।

घर नजिकैको पसलमा अजिना किन्न गएकी ६ वर्षीया बालिकालाई यौन दुराचार गरेको आरोपमा सोमबार पक्राउ परेका हुन् ।

बालिकाको अवस्था गम्भिर रहेपछि उपचारका लागि बिर्तामोड स्थित मनमोहन अस्पताल पु¥याइएको र त्यहाँ उपचार सम्भाव नभएपछि थप उपचारका लागि विपि कोइरा प्रतिष्ठान धरान लैजाने तयारी भइरहेको बिर्तामोड नगरपालिका उपप्रमुख पवित्रा महतरा(प्रसाई)ले बताइन् ।

बालिकाको संवेदनशिल अंगमा गम्भिर चोटपटक देखिएको प्रहरीले जनाएको छ । बालिकालाई यौन दुराचार गर्ने तोलाङ्गीलाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिएको जनाइएको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *