पूर्वका चार जिल्लाबाट विप्लवमा १४ कार्यकता पक्राउ

६ वैशाख, झापा । सरकारले गत फागुन २८ गतेदेखि हिंसात्मक गतिविधि गरेको भन्दै आपराधिक समुहको रुपमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विप्लब समुहको गतिविधि माथि प्रतिबन्ध लगाएसंगै पूर्वका चार जिल्लाबाट १४ जनालाई पक्राउ गरेको छ ।

पूर्वका झापासहित इलाम, पाँचथर र ताप्लेजुङ्गबाट हालसम्म १४ जनालाई प्रहरीले पक्राउ गरेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विप्लब समुहका झापा सेक्रेटरी सुमनसिंह पौडेलले जानकारी दिए ।

पक्राउ पर्नेमा झापा जिल्ला सद्स्य नगेन्द्र लिम्बू बाबा, पार्टी सदस्य धिरज न्यौपाने, पार्टी सदस्य अमृत मगर रहेका छन् । त्यस्तै इलामबाट पार्टी जिल्ला सेक्रेटरी दिपेन राई, ब्युरो सद्स्य होम खतिवडा, ब्युरो सद्स्य जीतमान राई, पार्टी जिल्ला सद्स्य असल पन्धाक, सन्त गजमेर, पाँचथरबाट युवा जिल्ला सद्स्य बिपिन अधिकारी पक्राउ परेका छन् । त्यस्तै ताप्लेजुङकाट युवा संगठन नेपाल केन्द्रिय सदस्य निमा शेर्पा, किसान केन्द्रिय सदस्य धनपती गुरांगाइ, युवा जिल्ला अध्यक्ष बिदुर शेर्पा र फुर्वा शेर्पा पक्राउ परेको झापा जिल्ला सेक्रेटरी सुमनले जानकारी दिए ।

उनले आफ्ना कार्यकर्तालाई बिना सर्त रिहाई गर्न प्रहरीसंग आग्रह गरे । देशको शान्ति सुरक्षा र अमनचयन खल्बल्याउने कुनै गतिविधि सरकारलाई मान्य नभएको भन्दै सरकाले विप्लबका गतिविधि माथि प्रतिबन्ध लगाएको हो । तर विप्लब माओवादीले भने जनस्तरमा आफुहरुको भुमिका प्रभाचवकारी बन्दै गएको देखेपछि आत्तिएर ओली सरकारले प्रतिबन्धको घोषणा गरेको दाबी गरेको छ ।

एनसेलको कार्यालय र टावरमा बम आक्रमणपछि विप्लवमाथि सरकारले कडा नीति अख्तियार गर्दै प्रतिबन्ध लगाएपनि राजनीतिक वृत्तमा चौतर्फि आलोचना भएको थियो । सरकारले चैत मसान्त भित्र शान्तिपूर्ण गतिविधिमा नआएमा अझ कठोर बन्ने चेतावनी दिएको थियो । त्यस लगत्तै विप्लब माओवादीका महासचिव नेत्रविक्रम चन्द (विप्लब)ले सरकारले प्रतिबन्ध नहटाएर सरकार माथि नै प्रतिबन्ध गर्ने चेतावनी दिएका थिए ।

Leave a comment

Your email address will not be published. Required fields are marked *