बारम्बार फोन गर्ने ब्यक्तितिर शंकाको सुई : पथरीकी रिना बस्नेत मृत्यु प्रकरण

९ वैशाख, पथरी । मोरङको पथरी शनिश्चरे १ मा शनिबार बिहान नग्न अबस्थामा मृत भेटिएकी रिना बस्नेतको मृत्यु थप रहस्मय बनेको छ । उनका छोरा साइमन बस्नेतले आमालाई बारम्बार फोन गर्ने ब्यत्तिको परिचय सार्बजनिक गरेपछि घटना थप रहस्यमय बनेको छ । शुक्रबार दिँउसो छिमेकीको छोराको जन्मदिन र बेलुका कन्सर्टमा सँगै गएका आमाछोरा राति सँगै कोठामा आएर आफूसँगै सुतेकी ममीको मृत्यु भएको भोलिपल्ट विहान मात्र थाहा पाएको बताएका छन । २९ वर्षीया रिनाको शव सडकमा नाङ्गो अवस्थामा फेला परेको थियो । शुक्रबार बारम्बार कमल नेपाल नाम गरेको ब्यत्तिको फोन आएको,राति सुत्ने बेलामा पनि उसकै फोन आईरहेको र उनले फोन नउठाएपनि आमा तनावमा भएजस्तो देखिएको उनले बताएका छन ।

साइमनका बाबु बैदेशिक रोजगारीका लागि दुबईमा छन् । एक वर्ष अगाडि विदामा आएर गएका बाबासँग शनिबार राति ११ बजेपनि रिना र उनले कुराकानी गरेका थिए । बाबाले छिट्टै आउने कुरा गरेको तर, त्यही रात रिनाको शंकास्पद मृत्यु भएपछि घटना थप रहस्यमय बनेको छ । राति ११ बजेतिर छोरासँगै घर आएकी उनले मदिरा समेत पिएकी थिइन् । १२ बजेतिर साइमन सुते । ममी फोनमा व्यस्त थिइन् । त्यसपछि के भयो आफुलाई थाह नभएको साईमनले बताए ।

रिनाको शव सडकमा नग्न अवस्थामा भेटिएपछि प्रहरीले मदिरा पिएर मातेकी रिना शौचालय जाने क्रममा लडेको हुनसक्ने आशंका गरेको छ । तर, परिवार भने यसलाई मान्न तयार छैनन् । जेठाजु चक्रबहादुर बस्नेत पुलिसले आफूखसी शव घोपा (वीपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठान) लगेको बताएका छन ।

साइमनका अनुसार रिना र कमल नेपाल नाम गरेका युवकसँग निरन्तर कुरा गरिरहन्थिन् । शनिबार रिना बर्थडे पार्टी र कन्सर्टमा हुँदा पनि उनले फोन गरिरहेका थिए तर, ममीले फोन नउठाएको उनले बताए । मामाघर जाने क्रममा आफूले पनि कमललाई भेटेको र आफूलाई फोन लगायतको उपहार दिएको उनले सुनाए । परिवारका सदस्यहरुले रिनाको लडेर मृत्यु भएको नभई हत्या भएको हुनसक्ने बताउँछन् । प्रहरीले दुर्घटना हुनसक्ने बताएको छ । मोरङ प्रहरीका प्रहरी उपरीक्षक मनोज केसीले रिनाको शवको अवस्था हेर्दा माथिबाट कसैले फालेको भन्दापनि आफैं लडेको हुन सक्ने बताएका छन ।

Leave a comment

Your email address will not be published. Required fields are marked *