उत्कृष्ट गोल रक्षक बने रियल मड्रिडका नाभास, रामोस उत्कृष्ट डिफेन्डर

कोस्टारीकन तथा रियल मड्रिडका गोलरक्षक कलर नाभास युरोपको उत्कृष्ट गोलरक्षक चुनिएका छन् । नाभासले ब्राजिलका एलिसन बेकर र इटालियन गोलरक्षक जियान लुइजी बुफोनलाई पछि पारे ।

रियललाई लगातार तेस्रो च्याम्पियन्स लिग उपाधि दिलाउन नाभासले महत्त्वपूर्ण भूमिका खेलेका थिए । जसमा उनेल ११ खेलमा १३ गोल मात्र खाएका थिए ।

नाभासले भोटिङमा २ सय २२ अंक हासिल गरे । दोस्रो स्थानमा हाल लिभरपुलमा रहेका एलिसन बेकरले १ सय ९७ अंक पाए । तेस्रो स्थानमा रहेका बुफोनको ९२ थियो ।

युरोप भरिका ८० क्लबका प्रशिक्षक, यूरोपेली फुटबल महासंघका सदस्य र सदस्य राष्ट्रका पत्रकारको भोटका आधारमा विजेताको छानिएको हो ।

रामोस उत्कृष्ट डिफेन्डर
स्पेनको राष्ट्रिय टोली एवं रियल मड्रिडका कप्तान सर्जियो रामोस युरोपको उत्कृष्ट डिफेन्डर घोषित भएका छन् । रामोसले आफ्नै क्लबबाट खेल्दै आएका राफेल भराने र मार्सेलोको चुनौती पन्छाउँदै उपाधि जिते ।

रामोसले मतदानका क्रममा १ सय ८४ अंक जोडेका थिए । दोस्रो स्थानमा रहेका भरानेले १ सय ६७ अंक पाए भने तेस्रो स्थानका मार्सेलोले १ सय ४५ अंक प्राप्त गरे ।

मतदानका लागि युरोप भरिका ८० क्लबका प्रशिक्षक, यूरोपेली फुटबल महासंघका सदस्य र सदस्य राष्ट्रका पत्रकारको भोट समावेश थियो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *