रिनाको हत्यारालाई कार्वाहीको माग गर्दै पथरीमा आन्दोलन

९ बैशाख , मोरङ । पथरी शनिश्चरेमा शनिवार बिहान नग्न अवस्थामा मृत फेला परेकी रिना बस्नेतको हत्यारालाई कार्वारी गर्दै स्थानिय आन्दोलित भएका छन। आज सोमबार बिहान १० बजे उद्योग बाणिज्य संघको पहलमा ध्यानाकर्षण पत्र बुझाए सँगै प्रहरी प्रशासनले गुनासो सुन्न नखोजे पछि स्थिती तनाव ग्रस्त भएको हो। आन्दोलित स्थानियले महेन्द्र राजमार्ग अन्तर्गत पथरी सडक खण्ड अबरुद्द गर्दै नाराबाजी गरिरहेका छन।

आक्रोशित भिडले इलाका प्रहरी कार्यलय पथरीका प्रहरी निरीक्षक कमल बजगाँईको राजीनामा माग गर्दै आन्दोलन गरिरहेका छन। आक्रोशित भिडले ‘ हत्यारालाई कार्बाही गर’ महिला हिंसा अन्त्य गर’ शान्ती सुरक्षा कायम गर, प्रहरी प्रशासन मुर्दावाद लगायतका नाराबाजी गरिरहेका छन।

Leave a comment

Your email address will not be published. Required fields are marked *