११ मिनेटमा दुईवटा परकम्प ११ मिनेटमा दुईवटा परकम्प

 ११ बैशाख,काठमाण्डौ । धादिङको नौबिसे केन्द्रबिन्दु भएर ११ मिनेटभित्र दुईवटा परकम्प गएको छ । बिहान ६ बजेर २९ मिनेटमा ५ दशमलव २ रेक्टर स्केलको र ६ बजेर ४० मिनेटमा ४ दशमलव ३ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

परकम्पको धक्का धादिङसहित उपत्यकामा पनि महसुस गरिएको छ । २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर भूकम्प गएको ४ वर्ष पूरा हुन लाग्दा ठूलो परकम्प गएको हो ।

ठूलो भूकम्पपछि साना परकम्प वर्षौँसम्म आउने केन्द्रले जनाएको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *