झापामा चट्याङ लागेर एक जनाको मृत्यु

१३ बैशाख, झापा । चट्याङ लागेर झापाको भद्रपुरमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका ६ नयाँबारी बस्ने ३२ बर्षीय भीम राजवंशी रहेको वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक यमकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार घरभित्र सुतिरहेका राजवंशीलाई शुक्रवार विहान २ बजे बर्षासँगै परेको चट्याङले लागेको थियो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *