आन्दोलनलाई सामान्य नठान्न मजदुर नेताको चेतावनी

१७ वैशाख, झापा । झापाको हल्दिावारीमा रहेको कामक्षादेवी चिया प्रशोधन काराखानाले श्रमिकको माग सम्वोधन नगरी जवरजस्ती रुपमा सञ्चालन गरेको र त्यसबाट उत्पन्न परिस्थितिका विषयमा आफूहरुको गम्भीर ध्यानकर्षण भएको मजदुर नेताले बताएका छन् ।

सोमवार विज्ञप्ति जारी गर्दै नेपाल चिया श्रमिक संघका अध्यक्ष दिपक तामाङ, नेपाल कृषि तथा वगान क्षेत्र श्रमिक संघका उपाध्यक्ष सहीकुमार राई, अखिल नेपाल चिया मजदुर संघकी अध्यक्ष सीता सापकोटाद्वारा हस्ताक्षरित विज्ञप्तिमा सरकारको निर्णय नमानि जवरजस्ती रुपमा कारखान ाखेलेमा त्यसबाट हुने क्षतिको परिणाम आफैं भोग्न चिया व्यवसायीलाई चेतावनी दिएका छन् ।

राजपत्रमा प्रकासित न्यूनतम पारिश्रमिक कार्यान्वयन हुन पर्ने , श्रम ऐन २०७४ तथा नियमावली २०७५ मा व्यवस्था भएको सेवा सुविधा कार्यान्वयन गर्नुको सट्टा चिया श्रमिकहरुको आन्दोलनलाई असफल बनाउन चिया व्यवसायीहरु लागेको भन्दै त्यस्तो कार्य नगर्न मजदुर नेताहरुले आग्रह गरेका छन् । चिया श्रमिकहरुको न्याकि तया जीवपन मरणको यस आन्दोलनलाई सामान्य नठान्न पनि उनीहरुले आग्रह गरेका छन् ।

झापाको पृथ्वीनगरका साना चिया किसान राज टिस्टेड र ज्यारिगढी टि स्टेडले सरकारले तोकेको सेवा सुविधा कायान्वयन गर्ने लिखित सम्झौता गरेको भन्दै उक्त कार्यको मजदुर नेताले प्रशंसा गरेका छन् । उनीहरुले सरकारले गरेको निर्णयलाई सामान्य नठान्न अन्य चिया व्यवसायीहरुलाई चेतावनी दिएका छन् । गत चैत १७ गतेबाट आन्दोलित चिया मजदुरले आफूहरुको माग पूरा नभए अझ सशत्त आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

Leave a comment

Your email address will not be published. Required fields are marked *