निर्मलाको घटना सेलाउन नपाउँदै कञ्चपुरमा अर्की बालिका बलात्कृत

कञ्चनपुर – निर्मला पन्तको बलात्कारपछि हत्याको घटना सेलाउन नपाउँदै कञ्चनपुरमा अर्की बालिका बलात्कारको शिकार भएकी छिन् । बेलडाँडी गाउपालिका –१, की अन्दाजी १४/१५ वर्षीया बालिकामाथि बलात्कार भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

बालिकालाई राति एकजनाले फोन गरेर बाहिर निस्किन लगाई २ जनाले मोटरसाइकलमा राखेर घरबाट टाढा लगेर बलात्कार गरेको सोधपुछका क्रममा पीडितले बताएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख कुबेर कडायतले बताउनुभयो ।

उहाँका अनुसार बिहीबार बालिकाको घरमा सत्यनारायणको पूजा थियो । पूजा सकिएपछि नाचगानका क्रममा चिनेकै व्यक्तिले फोन गरेर बालिकालाई बाहिर निस्किन लगाई अपहरण शैलीमा बाहिर लगेर बलात्कार गरेको खुल्न आएको छ ।

स्थानीयले ४ जनाको समूहमा आएका यूवाले बालिकालाई सामूहिक बलात्कार गरेको बताए पनि प्रहरीले भने एक जनाले बलात्कार गरेको बताएको छ ।

‘बालिकालाई लिन ४ जना युवा आएका रहेछन्’, प्रहरी प्रमुख कडायतले भन्नुभयो, ‘तर, दुईजनाले मोटरसाइकलमा राखेर लगेछन् र एक जनाले बलात्कार गरेको रहेछ ।’

प्रहरीका अनुसार बालिकालाई मेडिकल जाँचका लागि महाकाली अञ्चल अस्पतालमा ल्याइएको छ । उनको मेडिकल रिपोर्ट आएपछि मात्रै सामूहिक बलात्कार हो वा एक जनाले मात्रै बलात्कार गरेको भन्ने खुल्ने प्रहरी प्रमुख कडायतले भन्नुभयो । ujyalo

Leave a comment

Your email address will not be published. Required fields are marked *