एक नम्बर प्रदेशको नाम अझै बाँकी

२५ वैशाख, विराटनगर । एक नम्बर प्रदेशले डेढ बर्षपछि चर्को कसरत गरेर स्थायी राजधानी पाएपनि नाम भने अझै पाएको छैन । धनकुटा राजधानी हुनुपर्छ भनेर नेकपाका धनकुटे सांसदहरु इन्द्रमणी पराजुली, कुसुमकुमारी श्रेष्ठ र निरन राईले प्रदेश सभामा प्रस्ताव दर्ता गाएपछि धनकुटाबासीको नाम मात्र नभएर अरु जिल्लाबाट पनि वाहबाही पाए । तर छ जना प्रदेश सभामा सांसद भएर पनि प्रस्ताव दर्ता गराउन नसकेको भनेर धरानेहरुले आफ्ना साँसदहरुलाई सक्दो गाली पाए । तर जिल्ला पार्टीको निर्देशनमा प्रस्ताव दर्ता गराएका धनकुटेहरुले पछि प्रस्ताव सहर्ष फिर्ता लिएका थिए ।

धरान घरमै धनकुटाबाट बिजयी काङ्ग्रेस साँसद लीला सुब्बाले पनि धनकुटा राजधानी बनाउनुपर्ने प्रस्ताव फिर्ता लिएकी थिइन् । नेकपाको प्रस्तावलाई काङ्ग्रेस, सङ्घीय, राप्रपा, लोकतान्त्रिक मञ्च सबैले सर्मथन गरेका थिए । पहिचानका आधारमा नामाकरण हुनुपर्छ भन्नेहरुको दवाव चर्को भएकोले नामका लागि अझै प्रसव बेदना झेल्नुपर्ने निश्चित छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *