इटहरीमा तिव्र गतीमारहेकाे ट्रिपरले ट्याक्टर र माेटरसाइकललाइ ठक्कर दियाे

२४ बैशाख, इटहरी । सुनसरीको इटहरीमा  तिव्र गतीमारहेकाे ट्रिपरले  बिपरीत दिशाबाट अाउदै गरेकाे ट्याक्टर र माेटरसाइकललाइ ठक्कर दिएको छ  । इटहरीबाट खनार तर्फ जादै गरेको ना ८ ख ५४४३ नम्बरको ट्रिपरले  बिपरीत दिशामा रहेकाे को २ त ६०३० नम्बरको ट्याक्टर र  एक माेटरसाइकललाइ ठक्कर दिएकाे छ।

तीव्रगतिमा रहेको ट्रिपरले  ट्याक्टरलाइ ठक्कर दिँदा ट्याक्टरको पछाडिका दुवै चक्का उछिट्टिएको प्रतक्षदर्शीले बताएका छन् भने  ट्याक्टर चालक भने सकुसल रहेको प्रहरीले जानकारी दिएकाे छ ।

ट्रिपरकाे ठक्करबाट  मोटरसाइकल पुर्णरूपमा क्षती पुगेको छ  भने मोटरसाइकल घाइते भएका छन्, घाइते माेटरसाइकल चालककाे स्थानिय स्वास्थ केन्द्रमा उपचार भइरहेकाे   प्रहरीले जनाएकाे छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *