वालवालिकाले सोधे ‘सरकार तिमी कहाँ छौं ? ’प्रहरी हिरासतमा १५ वर्षीय किरण दर्जी मृत्यु प्रकरण

काँकरभिट्टा । विर्तामोड इलाका प्रहरी कार्यालयको हिरासतमा मृत्यु भएका १५ वर्षीय किरण दर्जीको विषयमा दोषी पत्ता नलगाइएको भन्दै मेचीनगरका बालवालिकाहरुले बुधवार यहाँ विरोध र्याली निकालेका छन् ।

मेचीनगर नगर बाल सञ्जालको आयोजनामा भएको र्यालीमा ‘सरकार तिमी कहाँ छौं ?’ भन्दै चर्काे नाराबाजी गरिएको थियो ।

स्व. किरण दर्जीको फोटो अङ्कित ब्यानर र प्ले कार्ड बोकेका विद्यार्थीहरुले भट्टराई चोकबाट निकालेको जुलुस बजार परिक्रमा पश्चात भन्सार गेटमा कोणसभामा परिणत भएको थियो ।
मेचीनगर–६ का किरण दर्जीको विर्तामोड प्रहरी हिरासतमै मृत्यु भएको घटनामा प्रहरी दोषी हुनसक्ने मृतकका परिवारको दावी छ । तर प्रहरीले घटनालाई आत्महत्या भन्दै पन्छिने काम गरेको छ ।

कोणसभामा बाल सञ्जालका अध्यक्ष निसान चाम्लिङ, पत्रकार प्रदिप परियार, बाल अधिकारकर्मी मणिकुमार लिम्बु लगायतले मन्तब्य राखेका थिए ।
वक्ताहरुले किरणले न्याय नपाएको गुनासो गर्दै घटनाको वास्तविकता प्रहरीले लुकाएको दावी गरेका थिए ।

र्यालीमा नेपाल पत्रकार महासङ्घ झापाका सचिव सन्तोष आचार्य, मेची उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष विजय डालमिया, लोकतन्त्र पोस्टका सम्पादक मोहन काजी , पत्रकार भूमिका सुब्बा, पत्रकार ज्ञानेन्द्र निरौला, पत्रकार राजन ठटाल, बाल सञ्जालका गोविन्द घिमिरे लगायतको सहभागिता रहेको थियो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *