रजत पदक दिलाएको प्याराग्लाइडिङ टिमका खेलाडीलाई राखेपले ५ लाख दिने

एशियाडमा २० वर्षपछि रजत पदक दिलाएको प्याराग्लाइडिङ टिमका खेलाडीलाई राष्ट्रिय खेलकुद परिषदले पहिलो चरणमा ५ लाख दिने भएको छ ।

एशियाडमा पदक जित्ने खेलाडीलाई परिषदले नगद पुरस्कार दिने नियम अनुसार खेलाडलाई जनही ५–५ लाख दिने भएको हो । परिषदको नियममा एसियाडको समुहगत स्पर्धामा स्वर्ण जित्ने खेलाडीलाई जनहि १० लाख, रजत जित्नेलाई ५ लाख र कास्य जित्नेलाई ३ लाख दिने नियम रहेको छ ।

त्यहि नियम अनुसार परिषदले विजेता खेलाडी नेपाल फर्किएको दिन नै नगरपरिक्रमा गरेर राष्ट्रिय खेलकुद परिषद्को प्रांगणमा खेलाडीलाई सम्मान गर्ने भएको छ । पदक विजेता टिम भदौ १८ गते नेपाल फर्किदै छ ।

जसमा खेलाडीलाई ५ लाख सहित, प्रमुख प्रशिक्षकलाई ३ लाख, सहायक प्रशिक्षकलाई एक लाख ५० हजार र संघलाई ५ लाख दिने भएको छ ।
एशियाडमा पहिलो पटक सहभागिता जनाएको प्याराग्लाडिङमा सरकारी लगानी शुन्य जस्तै छ ।

तर यसपटक पदक जितेपछि सबैको ध्यान यो खेलमा गएको छ । सोहि बमोजिम राष्ट्रिय खेलकुद परिषदले पनि प्रोत्साहनका लागि पुरस्कार दिने भएको हो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *