अछाममा नगरपालिकाको गाडीमा आगजनी

१ जेठ, अछाम । मंगलसेन नगरपालिकाको गाडीमा नचिनेका मानिसको समूहले आगजनी गरेको छ ।

नगरपालिकाको बा २ झ ३६९४ नम्बरको गाडीमा मंगलबार राति २ बजेतिर आगजनी गरिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख एवं प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिनुभयो ।

नगरपालिका परिषरदमै राखिएको प्रमुख चढ्ने गाडी एक वर्ष अगाडि १ करोड २० लाखमा खरिद गरिएको थियो ।

आगजनी गर्नेहरुको खोजी भैरहेको प्रहरी नायब उपरीक्षक शाहीले बताउनुभयो । गाडी जलेर पूर्णरुपमा नष्ट भएको छ ।

मंगलसेन बजारका स्थानीयबासीन्दाले गाडीमा आगजनी भएको प्रहरीलाई जानकारी गराएका थिए । रातिको समयमा आगजनी गरिएकाले अहिलेसम्म आगजनी कसले गरेको हो भन्ने कुरा पत्ता नलागेको प्रहरी नायब उपरीक्षक शाहीले जानकारी दिनुभयो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *