धुलावारीमा मध्यरातमा आमा र छोरीको हत्या प्रयास

९ जेठ, धुलावारी । मिक्लाजुङमा भएको सामूहिक हत्याको घटनाको त्रास सेलाउन नपाउँदै मेचीनगरको वडा नं. १० धुलावारीमा अज्ञात व्यक्तिले बुधवार राति एक घरभित्र पसेर मार्ने नियतले हिंस्रक आक्रमण गरेको छ ।

आक्रमणमा आमा आरती बुढाथोकी र छोरी अर्पना बुढाथोकी घाइते भएका छन् । मरणासन्न अवस्थामा रहेकी घाइते आरती र उनकी छोरी अर्पनालाई उपचारका लागि वीएन्डसी टिचिङ हस्पिटलमा विहान भर्ना गरिएको छ ।

त्रिफला पुस्तकालय नजिकै रहेको सो घरमा ४३ वर्षकी आरती, उनकी ८ वर्षकी छोरी अर्पना र हिँडडुल गर्न नसक्ने विरामी वृद्धा सासुआमा बस्दै आएका थिए । आरतीका पति ओमबहादुर संयुक्त अरब इमिरेट्सको दुबईमा काम गर्न गएका छन् ।

एउटा कोठामा छोरीसँग बस्दै आएकी आरतीलाई आक्रमणकारीले धारिलो हतियारले टाउकोमा हिर्काएर मरेको ठानी छाडेर गएका थिए भने उनकी छोरीलाई मारिदिने धम्कीका साथ घाँटी च्यापेका थिए ।

राती पानी परेको बेला घटना भएको हुनसक्ने र केही पर घर भएका छिमेकीहरुले विहीवार विहान ५ बजेतिर घाइते अवस्थाकी छोरीले गुहार मागिरहेको सुनेपछि घटना थाहा पाएका थिए । आक्रमणकारी दुई जना रहेको घाइते बालिकाले बताएकी छन् ।

अनुसन्धानमा जुटेका एसपी दिनेश मैनाली घटना भएको घरको छतमा ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

स्थानीय गाउँलेहरुले विहान घटना थाहा पाए लगत्तै खबर गर्दा प्रहरी घटनास्थलमा ढिलो आइपुगेको गुनासो गरेका छन् । घाइतेलाई स्थानीयवासीले नै उपचारका लागि सुरुमा नजिकैका आम्दा मेची हस्पिटल लगेका थिए भने त्यहाँबाट रेफर गरी बीएन्डसी लगिएको थियो ।

जिल्ला प्रहरी कार्यालय झापा, इलाका प्रहरी कार्यालय काँकरभिट्टा र इलाका प्रहरीस् कार्यालय धुलावारीको प्रहरी टोली विहीवार घटनास्थलमा पुगिसकेको छ भने जिल्लाका प्रहरी प्रमुख एसपी दिनेश मैनाली आफै घटनाको प्रारम्भिक अनुसन्धानमा जुटेका छन् ।

एसपी मैनालीले घटनास्थलमा भेला भएका सर्वसाधारणलाई आक्रमणकारी छिटै पक्राउ पर्ने कुरामा आश्वस्त पारेका छन्

Leave a comment

Your email address will not be published. Required fields are marked *