दर्शक र श्रोताको रोजाइमा सञ्चारकर्मी सचिता

अर्पित राई । हाम्रो समाजमा सानैदेखि छोरीलाई पढ्नुपर्छ, काम गर्नुपर्छ र आत्मनिर्भर हुनुपर्छ भनेर सिकाइदैन । बरु घरभित्रका काम सिक्नुपर्छ, राम्रो घर गरिखानुपर्छ भनेर सिकाइन्छ । देश चलाउने प्रधानमन्त्री होइन, घरकी स्वभाव बन्नुपर्छ भनेर सिकाइन्छ । त्यस्तो कमजोर मानसिकता भएको परिवार र समाजबाट संघर्ष गर्न आएकी महिलाले सूचना लिन र दिनका लागि पत्रकारिता पेशा रोज्नु चुनौति नै हुने गरेको छ ।

सख्ंयात्मक हिसाबमा पत्रकार महिलाको वृद्धि भइरहेको देखिन्छ ,यसलाई आधार मान्ने हो भने २२ प्रतिशतले पत्रकार महिलाको वृद्धि भएको छ । पत्रकारिता क्षेत्रमा काम गर्न आउने महिलाको संख्या बढ्दै गएको छ । गणतन्त्रको अभ्युदयसगै नेपालमा नेतृत्व गर्ने क्षेत्रमा महिलाहरूको संख्या पनि उल्लेख्य रूपमा बढिरहेको छ ।

महिलाहरुले अवसर पाए भने पुरुषभन्दा पनि इमानदारितापूर्वक जिम्मेवारी निर्वाह गर्न सक्छन् भन्ने मान्यता स्थापित हुदै गएको छ । यो महिलाहरुको लागि निकै सकारात्मक पाटो बनेको छ । त्यस्तै सञ्चारकर्मीको भीडमा आफनो छुटटै पहिचान बनाउन सफल सर्लाही ईश्वरपुरका सचिता बुढाथोकी अहिले पत्रकारितामा बढ्दै गएको युवा भीडलाई छिचोल्दै अग्रणी स्थान बनाउन सफल भएकी छन ।

विषेशगरी गरेर अहिले पत्रकारितामा बढ्दै गएको युवा भीडलाई उछिन्दैै उनी आफनो पहिचान फराकिलो बनाउदै छिन । सर्ला्िहको एकता एफएममा समाचारवाचिका र कार्यक्रम प्रस्तोताको रुपमा आफूलाई पत्रकारितामा प्रवेश गराएकी सचिताले संचार जगतमा सोचे अनुसारको सफलता मिलेको छ । समाचार सबैले लेख्छन र प्रस्तुत गर्छन तर, उनको लेख्ने शैली र प्रस्तुत गर्ने शैली पृथक छ । एफएम मा उनको स्वर र टेलिभिजनमा समाचार र कार्यक्रम प्रस्तुतीलाई धेरै स्रोता र दर्शाकहरुले रुचाएका कारण उनमा अझ बढी उर्जा मिलेको कुराकानी बताए । स्रोताहरु र दर्शकहरुले रुचाएकै कारण यस क्षेत्रमा उनका मोह पनि जाग्दै गएको छ ।

८ वर्ष भै सक्यो यो क्षेत्रमा काम गरेको तर पनि यहि पेशालाई नै उनले माया गर्ने बताउछिन । त्यसैले यो पेशामा सन्तुष्ट छु । त्यसो त उनले यहि पेशाबाट बिभिन्न स्टेज कार्यक्रममा समेत उद्घोषणलाई अगाडि बढाउदै आएकीछन् । उनको स्वरका कारण उद्घोषणकलामा निखार छ र अरुको भन्दा फरक पनि छ । त्यसैले उनी यस क्षेत्रमा जम्न सफल भएकी छन । शालिन एवम सरल स्वभावकी सचिता यस पेशाबाट सन्तुट मिलेकोमा खुशी छिन ।

Leave a comment

Your email address will not be published. Required fields are marked *