फिदिम बजारमा भीषण आगलागी, दुई घर जलेर नष्ट : आगो निभाउने प्रयास जारी

२३ जेठ, पाँचथर । पाँचथरको सदरमुकाम फिदिम बजारमा आगलागी हुँदा दुईवटा घर जलेर पूर्णरूपमा नष्ट भएका छन्। आगलागीबाट संगीता राना मगरको दुई तले घर र नजिकै रहेको कर्णकुमार थापामगरको घर नष्ट भएको प्रहरीले जनाएको छ। फिदिम नगरपालिकाको दमकल नेपाल प्रहरी, नेपाली सेना र स्थानीयको लामो प्रयासपछि आगो नियन्त्रणमा आइसकेको छ। आगलागीबाट नजिकै रहेको एक गेस्टहाउसको छतमा पनि क्षति पुगेको छ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका डीएसपी नरेन्द्र कुँवरका अनुसार कर्णबहादुर थापा मगरको घरमा तारणी साहले सञ्चालन गरेको मिठाइ पसलमा खारिएको तेलबाट आगो फैलिएको हो। आगलागीबाट सावित्री केरुङ योङ्याको घरमा आंशिक क्षति पुगेको छ । त्यसैगरी कर्णकुमार थापाको अर्को घर पनि आंशिकरुपमा जलेको छ। आगो फेलिएपछि फिदिम नगरपालिकाको दमकल प्रयोग गरिएको थियो । तर दमकलको पानी सकिएपछि बजारमा ल्याइएको खानेपानीको पाइप फुटाएर आगो निभाउन प्रयोग गरिएको थियो।

 

Leave a comment

Your email address will not be published. Required fields are marked *