नेपालले दियो १८९ रनको लक्ष्य :  एसीसी एसिया कप छनोट प्रतियोगिता

१६ भदौ, एजेन्सी। एसीसी एसिया कप छनोट प्रतियोगितामा आज भैरहेको खेल आयोजक टिम मलेसीया र नेपाल बीचको खेलमा टस हारेर ब्याटीङगको निम्तो पाएको नेपालले मलेसियाको लागी १८९ रनको लक्ष्य दिएको छ। नेपालको सुरुवाती ब्याटीङ्ग खासै आशाजनक देखिएन, नेपालले ओपनर ब्याट्समेनमा सुवास खकुरेल र अनिल कुमार साहलाई मैदानमा उतारेको थियो तर ओपनर मा आएका दुइ ब्याट्समेनको साझेदारी धेरैबेर टिकेन ओपनर ब्याट्समेन सुबास खकुरेललाइ ४ ओभरमा नै महमद साहादाताले  क्याच आउट बनाएका थिए । उनीले ८ बलमा ९ रन नेपालको खातामा जोडेका थिए । उनी पछी आएका नेपालका खेलाडी ज्ञानेन्द्र मल्लले २० बलमा ११ रन जोडेका थिए भने क्याप्टेन पारस खड्काले ११ बलमा १३ रन, अनिल साही ३३ बलमा १६ रन, सागर पुन र सोमपाला कामी ले कुनै पनी रन जोड्न सकेनन।

खेलमा सधैको जस्तो सुरुवाती मा खेल आली फितलो देखीएको थियो ६० रनको आसपासमा नेपालले महत्वपूर्ण खेलाडीहरुलाई गुमाइसकेको थियो, खेलको बिचमा आएका दिपेन्द्र सिङ एरी र अरिफ सेखले खेललाई समाल्दै राम्रो साझेदारी खेल्दै नेपालको रन रेटलाइ आस लाग्दो स्थानमा पुर्याएका थिए।  दिपेन्द्र सिङ एरी ले ५१ बलमा ५४ रन नेपालको लागी जोड्दै उनी मैदानबाट बाहिरीए।

खेलमा सबै भन्दा बढी नेपालको लागी अरीफ सेखले ४८ बलमा ६४ रन नटाआउट खेल्दै जोडेका थिए र अन्त्यमा आएका बसन्त रेग्मीले ७ बलमा ६ रन जोड्दै पहिलो इनिगमा ७ विकेटको क्षतीमा १८९ रनको लक्ष्य नेपालले आयोजकल टिम मलेसियाको लागी दिएको छ।  दोश्रो इनिंग केही समयपछी सुरु हुनेछ । आजको खेल जम्मा ३० ओबरको रहेको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *