सर्लाहीमा प्रहरी र विप्लवका कार्यकर्ताबीच भिडन्त, जिल्ला इञ्चार्ज मारिए

५ असार, काठमाण्डाै । सर्लाहीको लालबन्दीमा प्रहरीसँगको भिडन्तमा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका जिल्ला इञ्चार्ज कुमार पौडेल मारिएका छन् ।

लालबन्दी नगरपालिका–१, लखनदेवी जंगलबाट २ वटा मोटरसाइकलमा सिन्धुलीतर्फ जाँदै गरेका ४ जनाले प्रहरीमाथी गोली चलाएको र जवाफी कारबाहीमा सर्लाहीका जिल्ला इञ्चार्ज कुमार पौडेलको ज्यान गएको नेपाल प्रहरीका प्रवक्ता विश्वराज पोख्रेलले उज्यालोलाई जानकारी दिनुभयो । अरु ३  जना भने भागेका छन् ।

मृतक पौडलको साथबाट प्रहरीलाई गोली हानिएको सिक्स एमएमको रिभल्भर बरामद भएको छ भने झोलामा थ्री नट थ्री राइफल, गोली, कटुवा पेस्तोल पनि भेटिएको प्रवक्ता पोख्रेलले जानकारी दिनुभयो ।

विप्लवका कार्यकर्ताले प्रयोग गरेको ना २२ प ६४ निलो रंगको १५० सीसीको पल्सर र अनटेस्ट एफजेड मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ । अहिले थप प्रहरी परिचालन गरेर भागेका ३ जनाको खोजी भैरहेको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *