मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

सुनसरीको बर्जु गाउँपालिका–५ मा मोटरसाइकल दुर्घटनामा गए राति एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा देवानगञ्ज गाउपालिका–२ का धीरेन यादव रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक फुयालले जानकारी दिनुभयो ।

बिआर ३८ एफ ८९३८ नम्बरको भारतीय मोटरसाइकल लिएर घुमफिर गर्न निस्केका यादवको सवारी साधन अनियन्त्रित भएर पुलमा ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए ।

घाइते भएका यादवको विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल जिल्ला प्रहरी कार्यालय सुनसरीको नियन्त्रणमा रहेको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *