भारतीय तिर्थालु बोकेको गाडी बर्दिबासमा दुर्घटना, २८ घाइते

६ साउन, बर्दिबास । भारतीय तिर्थालुहरु बोकेर गुडिरहेको ना ४ च १०९९ नम्बरकाे बोलेरो जिप दुर्घटना हुँदा २८ जना घाइते भएका छन् ।

तिर्थालुलाई टुटेश्वरनाथ महादेव मन्दिरमा दर्शन गराई फर्कने क्रममा महोत्तरीको बर्दिबास नगरपालिका–५ स्थित टुटेश्वरमा मंगलबार दुर्घटना भएको हो । जिपमा सवार सबै यात्रु भारतका दुई गाउँ सुरसन्ड सघारी र बखरीका बासिन्दा भएको बताइएको छ । जिल्ला ट्राफिक प्रहरी महोत्तरीका प्रहरी जवान सागर दियालीका अनुसार द्रुत गतिमा गुडिरहेको जिप पूर्व–पश्चिम राजमार्गस्थित टुटेश्वर चोक नजिकै सडकबाट चिप्लिएकाे थियो ।

शनिबार नेपाल आएका भारतीय तिर्थालु सिन्धुलीको मेला भरेर बर्दिबासस्थित टुटेश्वरनाथ मन्दिर दर्शन गर्न पुगेका थिए । घाइते सबैजनाको अहिले बर्दिबासस्थित शुभ स्वस्तिक अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको उपचारमा २० जना स्वास्थ्यकर्मी खटिएका छन् ।

Leave a comment

Your email address will not be published. Required fields are marked *